Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक २.१५ ले बृद्धि, झण्डै १४ अर्बको सेयर किनबेच


नेप्से परिसूचक २.१५ ले बृद्धि, झण्डै १४ अर्बको सेयर किनबेच

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २.१५ अंकले मात्र बढेर २ हजार ४ सय ८८.०९ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारको तुलनामा सोमबार नेप्सेको वृद्धिदर निकै कम हो । आइतबार नेप्से ६१.६१ अंकले बढेर बन्द भएको थियो । सोमबार दिनभर नेप्सेमा निकै उतारचढाब देखियो ।

एकै छिनमा सेयर बजार दोहोरो अंकले घट्थ्यो भने एकैछिनमा फेरि उकालो लागि हाल्थ्यो । यद्यपि बजार खुलेको अधिकांश समय बजार घटेको थियो । तर अन्त्यमा करिब सवा २ अंकले बजार बढेर बन्द भएको हो । आइतबारको तुलनामा समग्र नेप्से परिसूच, कारोबार रकम दुबै घटेपनि सोमबारको कारोबार रकम नराम्रो भन्न नमिल्ने जानकारहरु बताउँछन् ।

उक्त दिन कारोबारमा आएकामध्ये ११५ कम्पनीको सेयर मूल्य बढ्यो, १२१ वटाको घट्यो र बाँकी ६ वटाको स्थिर रहयो । सोमबार १ लाख ७० हजार ५ सय ५९ वटा कारोबारबाट ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ वटा कित्ता सेयर किनबेच भए । ती किनबेचमा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार १५ अर्ब २३ करोडको सेयर किनबेच भएको थियो ।