Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुईवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज


दुईवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्राधिकरणले सी.डाटा कम्युनिकेसन र लाइफ नेट प्रालिकको लाइन्सेन्स खारेज गरिदिएको हो ।

सी.डाटा कम्युनिकेसनले अनुमतिपत्रको सर्तबमोजिम सेवा सञ्चालन नगरेको भन्दै दूरसञ्चार ऐन, २०५३ को दफा २८ (१) अनुरुप लाइसेन्स खारेज गरेको प्राधिकरणले जनाएको छ । दूरसञ्चार ऐनको दफा २८ ९१० मा अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा तोकिएबमोजिमको अवधिभित्र दूरसञ्चार सेवा सञ्चालन नगरेमा प्राधिकरकणले त्यस्तो अनुमतिपत्र खारेज गर्न सक्ने उल्लेख छ ।

पर्सास्थित वीरगञ्ज—१६ को सी‍।डाटा कम्युनिकेसनले २०७६ माघ १९ मा (इमेलसहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो । प्राधिकरणले कात्तिक २ देखि नै लागू हुने गरी लाइसेन्स खारेज गरिएको जनाएको छ । त्यस्तै, सुर्खेत, वीरेन्द्रनगर—६ को लाइफ नेट प्रालिले अनुमतिपत्र नवीकरणका लागि समयावधिभित्र निवेदन पेस नगरेकाले भदौ ३० देखि लाइफ नेटको लाइसेन्स स्वतस् रद्द भएको जानकारी गराएको छ ।

लाफइ नेटले २०७६ भदौ ३० मा (इमेलसहित) सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो । दूरसञ्चार ऐनको दफा २५ (५) अनुसार तोकिएको म्यादभित्र अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतस् रद्द हुनेछ । दूरसञ्चार ऐनले अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुने र एक पटकमा १० वर्षभन्दा बढी अवधिका लागि अनुमतिपत्र नदिइने उल्लेख छ ।