Monday, June 23, 2025

२०८२ असार ९, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंककस्थित पाँचतारे होटलमा ६ जना व्यक्ति मृत भेटिए


बैंककस्थित पाँचतारे होटलमा ६ जना व्यक्ति मृत भेटिए

काठमाडौं । थाइल्याण्डको बैंककस्थित पाँचतारे होटलमा ६ जना व्यक्ति मृत भेटिएका छन्। मंगलबार बैंककको ग्राण्ड ह्यात होटलको पाँचौं तलाको एउटै कोठामा ६ जना मृत भेटिएको प्रहरीले जनाएको छ । चौबिस घन्टासम्म उक्त कोठामा बसेकाहरूले काउन्टरमा सम्पर्क नगरेपछि र निर्धारित समयमा चेक आउट नगरेपछि होटलका कर्मचारी उनीहरूको स्थिति बुझ्न गएका थिए।

बैंककको मेट्रोपोलिटन पुलिस कमिश्नर थिति सेङस्वाङका अनुसार मृत भेटिएकाहरूलाई विष सेवन गराएको हुनसक्ने बताएका छन्। सबै मृतकहरूको शरीरमा कुनै पनि चोटपटक नदेखिएको र कोठामा सेतो पाउडरजस्तो देखिने पदार्थ भेटिएको उनले बताए। उनीहरूसँगै होटलमा बसेका एक जना फरार छन्।

तीनै फरार व्यक्तिले बाँकी ६ जनालाई विष सेवन गराएको हुनसक्ने प्रहरीको भनाई छ । मृतकहरूमा चारजना भियतनामका र दुई जना भियतनामी अमेरिकी रहेको त्यहाँको प्रहरीले जनाएको छ। प्रहरीले फरार रहेका व्यक्ति नै अभियुक्त रहेको आशंकामा ती व्यक्तिको खोजी गरिरहेको छ।