Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

माओवादी केन्द्रका उपाध्यक्ष महरालाई भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइदै


माओवादी केन्द्रका उपाध्यक्ष महरालाई भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइदै

काठमाडौं । सुन तस्करी प्रकरणका जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट काठमाडौं ल्याइदै छ । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै पुगेका महरालाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो ।

रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले भने प्रहरीको निगरानीपछि महरा आफैंले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं ल्याउन लागिएको हो । उनलाई सुन तस्करीसम्बन्धी जाँचबुझका लागि बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै उनी प्रहरीको उच्च निगरानीमा रहेका थिए । महरा रोल्पा जानका लागि आज बिहान काठमाडौंबाट भैरहवा पुगेका थिए ।