Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

३ हजार भन्दा बढी दम्पतीलाई आईभीएफ सफलता प्रदान गरेको वात्सल्य क्लिनिक आजबाट ७ औं वर्षमा प्रवेश


३ हजार भन्दा बढी दम्पतीलाई आईभीएफ सफलता प्रदान गरेको वात्सल्य क्लिनिक आजबाट ७ औं वर्षमा प्रवेश

काठमाडौं । नेपालमा आधुनिक आई.भी.एफ. को जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आई. भी. एफ. आजबाट ७ औं वर्षमा प्रवेश गरेको छ ।

वात्सल्यले ३ हजार भन्दा अधिक दम्पतीलाई आई.भी.एफ. विधि मार्फत् सन्तान प्राप्तिको खुशी दिंदै श्री कृष्ण जन्माष्टमीको पावन दिनमा आफ्नो ७ औं वर्षमा प्रवेश गरेको एक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

हरेक महिना करिब ६० देखि ७० प्रतिशत सम्मको आई. भी. एफ. सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ (३०००+ आई. भी. एफ., १८००+ आई. यू. आई., २२००+ नेचुरल प्रेग्नेन्सी) गरिसकेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

निःसन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ त्यसैले उपचारको अवधिमा आधुनिक पद्दतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको त्यहाँको विज्ञहरुको भनाई छ ।

क्लिनिक भित्रको सकारात्मक उर्जाले नै सफलता पाउँछु भन्ने विश्वास लिएर कैयौं सेवाग्राही यहाँ आउने गरेको र नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरु आउने गरेको क्लिनिकका सञ्चालक बताउँछन् ।

आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आई. भी. एफ. सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्साल बाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको क्लिनिकले जनाएको छ ।

यहाँ निःसन्तान सम्बन्धि सम्पूर्ण सेवाहरु (आई. भी. एफ, आई. यू. आई, ओवेरियन इन्डक्सन, आदि), प्रसुतीपूर्वको जाँच, फेर्टिलिटी फ्रिजिङ्ग जस्ता विभिन्न सेवाका प्रदान गर्दै आईरहेको वात्सल्य कार्यकारी प्रमुख, प्रशान्त सुवेदीले बताउनुभएको छ ।
आगामी दिनमा आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको उनले थप जानकारी दिएका छन् ।