काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) हरुको छाता संगठन नेपाल हवाई यातायात नियन्त्रक संघ (नाट्का) मा नयाँ नेतृत्व चयन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार भएको साधारणसभाले विपिन बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बज्राचार्य १ सय ९३ मतसहित अध्यक्षमा विजय भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी मुरारीप्रसाद पौडेलले १ सय २८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै उपाध्यक्षमा प्रोफेसनलतर्फ अरुण भुसाल, टेक्निकलतर्फ दिपक ओझा, महासचिवमा विजयकुमार श्रेष्ठ र कोषाध्यक्षमा गौरव देउजा निर्वाचित भएका छन् । सदस्यहरुमा उज्वल तिवारी, नारायण श्रेष्ठ, सागर भट्ट, सुस्मिता रावत र लीलाप्रसाद श्रेष्ठ छन् । चुनावमा ३ सय २४ मतदाता सहभागी भएका थिए ।