काठमाडौं, असोज ४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६२ पैसा, बिक्रीदर १ सय ३३ रुपैयाँ“ २२ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४१ रुपैयाँ“ ९२ पैसा, बिक्रीदर १ सय ४२ रुपैयाँ“ ५७ पैसा रहेको छ ।
पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६३ रुपैयाँ“ ९६ पैसा र बिक्रीदर १ सय ६४ रुपैयाँ“ ७१ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ“ ९६ पैसा र बिक्रीदर ८६ रुपैयाँ“ ३४ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ५१ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३६ रुपैया“ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ५३ पैसा तोकिएको छ । यूएई दिराम १ को खरिददर मूल्य ३६ रुपैयाँ“ ११ पैसा र बिक्रीदर ३६रुपैयाँ“ २७ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ३० पैसा रहेको छ, भने बिक्रीदर २८ रुपैयाँ“ ४३ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन्