काठमाडौं । पछिल्लो दिन स्थीर रहेको सुन र चाँदीको मूल्य आज बढेको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य निरन्तर दोस्रो दिन बढेको हो । यस दिन चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।