काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीको टुंगो लगाएको छ । सो पार्टीले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ । जसपाले २ मन्त्रालय लिने सहमति भएको छ । त्यसअनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्या मन्त्री थिए । २३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।
जसपाबाट प्रदीप यादव र नवल किशोर साह सुडी मन्त्री बन्ने