काठमाडौं, असोज ४। डिजिटल बैंक स्थापनाका लागि कानुनी सुधार हुने भएको छ । २ असोजमा भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैंक स्थापना गर्ने सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाको पुनरवलोकन गर्ने निर्णय गरेको हो । यस्तै नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐनहरु संशोधनको प्रक्रियालाई शीघ्रता दिने निर्णय पनि बैठकले गरेको छ ।
अर्थमन्त्री महतको अध्यक्षतामा बसेको समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्डका अधयक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अधयक्ष सूर्यप्रसाद सिलवाल, अर्थमन्त्री महतका सल्हालकार लगायतको उपस्थिति भएको थियो ।
यस्तै वित्तीय मध्यस्थता लागत कम गर्न गर्नुपर्ने सुधारका लागि सम्बन्धित निकायले नीति एवम् कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरिएको छ ।