Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रभएर बग्ने नदिमा पानीको सतह उच्च, बल्खुको तरकारी बजार डुबानमा


काठमाडौँ उपत्यका र आसपासका क्षेत्रभएर बग्ने नदिमा पानीको सतह उच्च, बल्खुको तरकारी बजार डुबानमा

काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रभएर बग्ने नदिमा पानीको सतह बढ्दा आसपासका बस्तीमा पसेको छ । रातभर मध्यमदेखि भारी वर्षा भएको थियो । जसकारण बागमती, विष्णुमतीलगायतका नदीले खतराको तह पार गरेका छन् । बागमती नदी ठाउँ ठाउँमा बस्तीमा पसेको छ । साथै यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बल्खु क्षेत्रमा रहेको तरकारी बजारमा बाढी पसेको छ ।

डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभाग आग्रह गरेको छ । ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । भक्तपुरको हनुमन्ते खोला, वाग्मतीको गौरीघाट जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेर बस्ती जलमग्न भएको छ ।