Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘हिमालयन इन्टरनेशनल एक्स्पो' आयोजना हुने


‘हिमालयन इन्टरनेशनल एक्स्पो' आयोजना हुने

काठमाडौं । काठमाडौंमा ‘हिमालयन इन्टरनेशनल एक्स्पो' आयोजना हुने भएको छ । भृकुटीमण्डपमा असोज १७ देखि १९ गतेसम्म एक्स्पो आयोजना हुने भएको हो । अध्यक्ष कपिल अधिकारीका अनुसार एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगायतका व्यापारिक कक्ष हुनेछन् ।

यस्तै भक्तपुरको प्याला, राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, जैविक स्रोतबाट बनेका शृङ्गारका सामग्री तथा महबाट बनेका सौन्दर्य प्रशोधनका सामग्री पनि रहने छन् । अधिकारीका अनुसार पश्मिना, स्टोन, माला, क्युरियाको सामान, गलैँचा, गार्मेन्टका सामान, सिसा पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हेण्डमेड पेपरहरू, पेपर प्याकेजहरू, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगबाट उत्पादित वस्तु, जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा एक्स्पोमा उपलब्ध हुनेछन् । नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पु¥याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ता खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट आउने पनि आयोजकले जनाएको छ । नेपाल हस्तकलाको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्स्पोले देश बाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ ।नेपाली उत्पादनलाई विश्वबजारमा सुलभ तरिकाले पुर्‍याउने उद्देश्यले अमेरिका, क्यानडा, बेलायतलगायत देशमा पनि हरेक वर्ष एक्स्पो हुने गरेको छ । केही महिनाअघि मात्रै संयुक्त राज्य अमेरिकामा एक्स्पो सम्पन्न भइसकेको छ । असोजमा नेपालमा एक्स्पो आयोजना गर्ने र त्यसपछि अन्य मुलुकमा पनि हस्तकला एक्स्पो आयोजना हुने आयोजकले जनाएको छ ।