Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दलित, महिला र मधेसको नाममा फेरि आन्दोलनको चर्चा नगर्न प्रधानमन्त्रीलाई भट्टराई सुझाव


दलित, महिला र मधेसको नाममा फेरि आन्दोलनको चर्चा नगर्न प्रधानमन्त्रीलाई भट्टराई सुझाव

काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दलित, महिला र मधेसको नाममा फेरि आन्दोलन गर्ने प्रयत्न नगर्न सुझाव दिएका छन् । फेरी देशमा अर्काे आन्दोलनको परिकल्पना गर्न नसकिने उनले बताए । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतका लागि प्रस्तावमाथिको छलफलमा बोल्दै भट्टराईले संविधान संशोधन सबैको सहभागितामा अग्रगमनका लागि गरिने धारणा राखे ।

उनले प्रधानमन्त्री दाहाललाई राजनीतिक रुपमा कतै जान सक्ने बाटो नभएको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहयोगमै संविधान संशोधन गर्नका लागि एमाले र कांग्रेस मिलेको भट्टराईको भनाइ थियो । भट्टराईले प्रधानमन्त्री दाहाललाई सरकारबाट बाहिरिने क्रममा विभिन्न समुदायको याद आएको भन्दै रोल्पाका मगर कहाँ छन् ? तपाईंको लागि हतियार बोकेका तमाम दलित युवा कहाँ छन्, खोज्नभो ? भन्दै प्रश्न गरे ।