Saturday, September 20, 2025

२०८२ आश्विन ४, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुर्गा प्रसाइँलाई लक्षीत गर्दै अध्यक्ष ओलीले भनेः अर्थतन्‍त्रलाई धरायासी पार्न केही व्यक्तिहरूले अभियान चालिरहेका छन्


दुर्गा प्रसाइँलाई लक्षीत गर्दै अध्यक्ष ओलीले भनेः अर्थतन्‍त्रलाई धरायासी पार्न केही व्यक्तिहरूले अभियान चालिरहेका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियान्त दुर्गा प्रसाइँलाई लक्षीत गर्दै अर्थतन्‍त्रलाई धरायासीमा पार्न केही व्यक्तिहरूले अभियान चालिरहेको बताए बताएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले केहि सिमित स्वार्थले भरिएका व्यक्तीहरुले अर्थतन्त्रमा समस्या ल्याएको बताए ।

अहिले केहीले अभियान चालेर देशको अर्थतन्त्र समाप्त पार्न बैंकहरूविरूद्ध हमला बढी रहेको छ । नियोजित तरिकाले हमला गरी बैंकहरूलाई डुबाउन खोजिएको भन्दै आपत्ती जनाए । उनले भने, यसरी बैंक डुबाएर देशमा भइरहेका आयोजनाहरू पनि कोल्याप्स पार्ने प्रयास भइरहेको हो भन्दै प्रतिप्रश्न गरे । उनले यस्ता अभियान र अभियान कर्ताका विषयमा लड्न सरकारसँग कुनै सोँच नभएको आरोप लगाए ।

उनले हिजो एक कार्यक्रममा सहकारी संस्थाहरुको तरलताका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका थिए । गैरसहकारीका कारण सहकारी क्षेत्र नै बदनाम भइरहेको उनको भनाई थियो ।