Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डेडिकेटेड र ट्रंकलाइन बक्यौता १५ दिनभित्र उद्योगीहरुले नतिरे फेरी लाइन काटिन्छः निर्देशक घिसिङ


डेडिकेटेड र ट्रंकलाइन बक्यौता १५ दिनभित्र उद्योगीहरुले नतिरे फेरी लाइन काटिन्छः निर्देशक घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बक्यौता १५ दिनभित्र उद्योगीहरुले नतिरे लाइन काट्ने बताएका छन् ।  प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले बिल अनुसारको महसुल उद्योगीहरुले १५ दिनभित्र तिरेनन् भने फेरी लाइन काटिन्छ उनले भने । 

प्राधिकरण आफ्नो ऐन कानुनमा रहेर बक्यौता उठाउन अघि बढ्नेछ, यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र विद्युत् नियमन आयोगको निर्देशन अनसुार तीन महिना सुविधा दिएका थियौं ।

अब सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको मात्र चासोको विषय नरहेको भन्दै उनले अब सबै सर्वसाधारण सरोकारवालाको चासोको विषय रहेको उनले बताए ।लाइन काट्ने र जोड्ने गर्नुभन्दा दिर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने उनको भनाइ छ ।