Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उपसभामुखलाई नहटाउन र शक्तिको दुरुपयोग नगर्न प्रधानमन्त्रीलाई रविको आग्रह


उपसभामुखलाई नहटाउन र शक्तिको दुरुपयोग नगर्न  प्रधानमन्त्रीलाई रविको आग्रह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन्।

बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीबार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरुको बारेमा वास्तविकता के हो भनि प्रश्न गरेको बताए।

उनले आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको बताए। उनले दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरु धेरै भएको भन्दै शक्तिको दुरुपयोग  नगर्न आग्रह गरेको पनि उल्लेख गरे।

उनले प्रधानमन्त्रीले सो विषयमा छलफलमा भईरहेको जानकारी दिएको बताए।