Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सञ्चालक समितिको सम्पत्ती विवरण प्रदेश सहकारी विभागमा बुझाउने सहमति, ६ दिन पछि खुल्यो दर्शन साकोसमा लगाइएको ताला


सञ्चालक समितिको सम्पत्ती विवरण प्रदेश सहकारी विभागमा बुझाउने सहमति, ६ दिन पछि खुल्यो दर्शन साकोसमा लगाइएको ताला

काठमाडौं । कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुले बचत फिर्ताकोलागि पटक—पटक ताकेता गर्दा पनि रकम फिर्ता नभएपछि लगाएको तालाबन्दी आईतबार राती खुलेको छ । दर्शन साकोस र पीडित शेयर सदस्यहरुबीच सञ्चालक समितिको चलअचल सम्पत्ती बागमती प्रदेशको सहकारी विभागमा बुझाउने सहमति पछि शेयर सदस्यले आइतबार राती कार्यालयको ताला खोलेका हुन । पछिल्लो समय सहकारी संस्थाहरुबाट बचतकर्ता ठगिने क्रमबढे पछि शेयर सदस्यहरुले सञ्चालक समितिको जायजेथाबाट असुल उपर हुनेगरि सम्पत्ती विवरण विभागमा पेस गर्नुपर्ने अडान लिएका थिए । शेयर सदस्यहरुले मंगलबार दिउँसो कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दी पछि बुधबार कीर्तिपुर प्रहरीमा भएको छलफल अनुसार शुक्रबार संस्थाका अध्यक्ष दिनेश दर्शनधारी लगायत सहकारीका अन्य पदाधिकारी तथा स्थानीय सामाजिक अभियन्ता र शेयरसदस्यहरुबीच छलफल भएको थियो । सोहि छलफलको आधारमा आइतबार भएको छलफलमा तत्काल सञ्चालक समितिको सम्पत्ती विवरण बागमति प्रदेशको सहकारी विभागमा बुझाउने, २०८१ जेठमा बचतकर्ताका प्रतिनिधिहरुसँग भएको सहमती कार्यान्वयन गर्ने, ऋण लगानीको विस्तृत विवरण तयार गर्ने, बचत कर्ताको बचत फिर्ताको ठोस् योजना बनाई फिर्ता प्रक्रिया अघि बढाउने लगायतका विषयमा लिखित सहमति भएपछि ६ दिनपछि तालाबन्दी खुलेको हो ।


आइतबार दुबै पक्षबीच लामो छलफल पछि सञ्चालक समितिले आफ्नो सम्पत्ती विवरण शेयर सदस्यहरुमाझ सार्वजनिक गरेको थियो । सोहि विवरणलाई सोमबार बिहान विभागमा पठाइएको छ । सामाजिक अभियन्ता केश रत्न बज्राचार्यको शक्रियतामा दुई पक्षबीच भएको छलफलमा संस्थाका अध्यक्ष दिनेश दर्शनधारी, उपाध्यक्ष तारा तुलाधर, सचिव यशोदा राई लगायत समितिका पदाधिकारीहरुको सम्पत्ती विवरण लगाएत संस्थाको अन्य विवरणहरु तयार गरिएको थियो । आइतबार राती ९ बजेसम्म संस्थाका सम्पुर्ण कागजात तयारगरि सोमबार विभागमा पठाइएको हो । दर्शन साकोसका सिइओ सुर्वण महर्जनले संस्थाका सम्पुर्ण पदाधिकारीहरुको सम्पत्ती विवरण विभागमा पठाइएको बताए । ‘शेयर सदस्यहरुको मागका विषयमा संस्था गम्भीर छ, उहाँहरुको माग अनुसार नै हामीले सबै कागजात प्रदेशको विभागमा पठाएका छौं’ उनले भने । एक साताभित्रमा विभागको निर्देशन आउने र सोहि अनुरुप संस्थाले शेयरसदस्यको बचत फिर्ताकालागि प्रक्रिया अघि बढाउने बताए ।


छलफलका क्रममा बचतकर्ताले कुनैपनि हालतमा निक्षेप फिर्ताको माग गरेका थिए । आफ्नो जिवनभरिको कमाई सहकारीमा बचत रहेको अबस्थामा सहकारी संस्थाहरुले विभिन्न बहानागरि रकम फिर्ता नगर्ने मनसाय बनाएको भन्दै तत्काल रकम फिर्ताको माग गरेका थिए । बचतकर्ता रुपेन्द्र श्रेष्ठले देशमा बढ्दो आर्थिक तरलतालाई बहानागरि बचत फिर्तामा विलम्ब गर्दा दैनिकी निकै कष्टकर भएको बताए । उनले भने, ‘अहिले बचतकर्ता आफ्नो दैनिकी चलाउन मुस्किल अबस्थामा छन्, औषधी उपचारकालागि समेत पैसा जुटाउन सकिएको छैन, अब सहकारीको बहाना मान्ने अबस्थामा छैनौं, तत्काल रकम फिर्ता हुनपर्छ’।

छलफलमा सहभागि सामाजिक अभियन्ता केश रत्न बज्राचार्यले सहकारी सञ्चालनहरु कुनै पनि बहानामा उम्कन नसक्ने बताए । उनले मुख्यगरि कीर्तिपुर क्षेत्रलाई कार्यथलो बनाएका स्थानीय सहकारीहरुले बचतकर्ताको रकमलाई जस्तो लिएका थिए त्यस्तैगरि फिर्ता गराउन आफ्नो पहल जारी रहने बताए । उनले सहकारीले निक्षेप फिर्ताको ठोस् कार्ययोजना बनाउनुपर्ने र निष्पक्षरुपमा रकम फिर्ता गर्नुपर्ने बताए । दर्शन साकोसले निक्षेपकर्ताको करिब १ अर्ब फिर्ता गर्न बाँकी रहेको जनाइएको छ । 

के छ सहमतिमा ?
१.२०८१ जेठमा दर्शन साकोस र बचतकर्ताहरुका प्रतिनिधिहरुबीच भएको सम्झौता कार्यान्वयन गर्ने ।
२.ऋण लगानीको विस्कृत विवरण तयार गर्ने ।
३.बचत कर्ताको बचत फिर्ताको योजना बनाई फिर्ता गर्ने ।
४.सञ्चालक समितिको सम्पत्ती विवरण पेस गर्ने ।