Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साढे २७ अंकले बढ्यो


साढे २७ अंकले बढ्यो

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २७.५४ अंकले बढेर २ हजार ९२ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.३३ प्रतिशतले बढी हो । अघिल्लो दिन ४५.६९ अंकले बढेर बन्द भएको नेप्सेले सोमबार पनि सोही प्रवृति पछ्याएको हो । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ ।

उक्त दिन झण्डै ८१ हजार वटा कारोबारमा १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको    हो । आइतबार ५ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार कारोबारमा आएकामध्ये १ सय ३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ७ वटाको घट्यो र बाँकी ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।