Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१०२ मेगावाटको मध्य भोटेकोशीको परीक्षण उत्पादन पुसभित्र


१०२ मेगावाटको मध्य भोटेकोशीको परीक्षण उत्पादन पुसभित्र

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी मुख्य प्रवर्द्धक रहेको निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाले तीन महिनापछि उत्पादन थाल्ने भएको छ । बाढीपहिरो, भूकम्प र कोभिडका कारण अन्योलमा परेको आयोजनाले लक्ष्यभन्दा झण्डै ६ वर्षपछि निर्माण पूरा हुन लागेको हो ।

उत्पादिन विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि आयोजनाले पहिलो वर्ष २ अर्ब ९० करोड आम्दानी गर्ने छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ रामगोपाल शिवाकोटीका अनुसार आगामी पुस मसान्तभित्र परीक्षण उत्पादन सुरु गरिनेछ । उनका अनुसार आयोजनाको सम्पूर्ण भौतिक र इलेक्ट्रोमेकानिकलको काम अन्तिम चरणमा पुगेको    छ ।