Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लगातार चार दिन बढेको सुनको मुल्य घट्यो


लगातार चार दिन बढेको सुनको मुल्य घट्यो

काठमाडौं, असोज ३। नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको भाउ घटेको छ। गत शुक्रबारदेखि बढ्ने क्रममा रहेको सुन मूल्य यसदिन भने घटेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ।आज चाँदी प्रतितोला १ हजार ४ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो