काठमाडौं, भदौ २७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ब्रेक शु द्वारा ३०२ किलो सुन तस्करी गरिएको बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले रेडि ट्रेडर्सले ३०२ किलो सुन ल्याएको पाइएको निष्कर्ष निकालेको हो। सुन तस्करी प्रकरणमा रेडि ट्रेडर्सको मुख्य संलग्नता रहेको र उक्त कम्पनीले ३०२ किलो सुन नेपाल ल्याएको सीआईबीले बताएको छ।
६१ किलो सुन तस्करी प्रकरणमा सीआईबीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको पनि जारी गरेको छ । हालसम्म यस प्रकरणमा ३२ जना पक्राउ परिसकेका छन् भने १८ जना फरार भएका छन् । तीमध्ये २३ जना नेपाली र ९ जना विदेशी पक्राउ परेका हुन् । फरार १८ मध्ये १४ जना विदेशी छन् भने ४ जना नेपाली रहेका छन् ।