Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नासा सेक्युरिटिजले घोषणा गर्यो २५६ प्रतिशत लाभांश वितरण


नासा सेक्युरिटिजले घोषणा गर्यो २५६ प्रतिशत लाभांश वितरण

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ११ लाख ५० हजार रुपैयाँको २४३.२० प्रतिशत बोनस सेयर र १२.८० प्रतिशत नगद गरी कूल २५६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभा असोज ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय लालदरबार मार्ग काठमाडमौंमा बिहान ९ बजे सुरु हुनेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

कम्पनीको सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । साथै, नयाँ सञ्चालक समिति गठन गर्नेछ ।