Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा ‘रेल म्यूजियम’ बन्ने तयारी


नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा ‘रेल म्यूजियम’ बन्ने तयारी

काठमाडौं, भदौं ८। नेपालमा पहिलो पटक रेल आएकै स्थानमा ‘रेल म्यूजियम’ बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा १० कठ्ठा क्षेत्रफलमा बनाउन लागेको म्यूजियम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य गरेको छ । वि.सं. १९९४ मा तत्कालिन ब्रिटिश इन्डिया कम्पनीले पहिलो पटक जयनगरदेखि विजुलापुरासम्म कार्गो रेल सञ्चालन गरेको थियो ।

नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा म्यूजियम बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका छन् । यसै बर्ष काम सक्नेगरी रेल म्यूजियम बनाइने भएको छ । रेल विभाग र रेल्वे कम्पनीसँग छलफल भइरहेको छ । छलफलपछि म्यूजियम बनाउने निर्णयमा पुगेको कम्पनीका जिएम निरन्जन झाले बताए । ब्रिटिश इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलो पटक बिजुलापुरामा रेल ल्याएको थियो ।

फर्किँदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनहरुको नेपाली नामकरण पनि गरिएको छ । गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको छ । मन्त्रालयले एक प्राविधिक टोली पठाउने भएको छ । रेल्वेको जमिन छुट्याउन, पर्खाल निर्माण गर्न र अन्य सम्पतिको संरक्षण गर्न टोली पठाउन लागिएको मन्त्री ज्वालाले बताएका छन् ।