काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियटा ग्रुपका सिइओलाई अर्थ समितिले पत्र काट्नुपर्ने बताएका छन ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो माग गरे । अर्थ समितिमा आएर आजियाटा ग्रुपका सिइओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने बताए ।
आजियाटाका सिइओ सुदले नेपालमा लगानीको वातावरण नभएको र नेपालबाट बाहिरिनु शेयर लगानीकर्ताको हित भएको भनेकाले नेपालमा लगानीको वातावरण खराब हुने पुष्टि गरेको उनको भनाई छ ।
नेपालको अर्थ राजनीतिक माहौललाई सङ्केत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौती हबला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख गर्नु नेपाल राष्ट्रकै छविमा क्षति पुर्याउने सम्भावना रहने बताए ।
उनले देशलाई प्रगतिको बाटोमा लैजाने, आय र रोजगारी विस्तार गर्नको लागि प्रत्यक्ष लगानी भित्र्याउनु पर्ने, स्वदेशी लगानीको माहौल बनाउनु पर्ने दस्ताबेजले बोल्ने बताए ।