Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको भाउ घट्ने क्रमले छौठौं दिन पनि पायो निरन्तरता


सुनको भाउ घट्ने क्रमले छौठौं दिन पनि पायो निरन्तरता

काठमाडौं, नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।मंगलबार प्रतितोला ४ सय रुपैयाँ, बुधबार प्रतितोला ८ सय रुपैयाँ, बिहीबार प्रतितोला १ हजार ४ सय रुपैयाँ, शुक्रबार प्रतितोला ८ सय रुपैयाँ, आइतबार प्रतितोला ८ सय रुपैयाँ र सोमबार प्रतितोला १ सय रुपैयाँ गरी छ।

दिनमा सुनको भाउ प्रतितोला १ हजार तीन सय रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो।