Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘रंगीन पल खुसी डबल’ ग्राहक उपहार योजना


‘रंगीन पल खुसी डबल’ ग्राहक उपहार योजना

काठमाडौं । जस्मिन पेन्ट्सले आउँदै गरेका चाडपर्वहरूमा ग्राहकलाई थप खुसी प्रदान गर्ने उदेश्यले भदौ १ देखि मंसिर १५ सम्मका लागि ग्राहक लक्षित ‘रंगीन पल खुसी डबल’ ग्राहक उपहार योजना ल्याएको छ ।

योजनामा सहभागी हुन ग्राहकले डिलरबाट कम्तीमा ७५ हजार रुपैयाँ भ्याटसहित जस्मिन पेन्ट्सका उत्पादन खरिद गर्दा एक लक्की ड्र कुपन पाउनेछन् ।

विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत गरिने जनाइएको छ । उपहारमा एक जनाले यामाहा रे जेड कुटर, ७ जनाले रेड्मी १२ स्मार्ट मोबाइल फोन, २० जनाले स्मार्ट वाच, ४५ जनाले इलेक्ट्रिक राइस कुकर र ३ सय २७ जनाले आकर्षक भित्तेघडी प्राप्त गर्न सक्नेछन् ।