काठमाडौँ । सुरक्षित कारोबारसम्बन्धी विधेयक अर्थ समितिबाट पारित भएको छ । विधेयकउपर परेको संशोधन प्रस्तावमाथि छलफल गरेर अर्थ समितिले आइतबार सर्वसम्मत रुपमा पारित गरेको हो ।
पारित विधेयकमाथीको संशोधन प्रतिवेदन तयार गरेर दुई दिनभित्र संसद सचिवालयमा पेस गरिने पनि अर्थ समितिले जनाएको छ । कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानूनी व्यवस्था समयानुकूल बनाउन आवश्यक भएको भन्दै अर्थ मन्त्रालयले विसं २०८० फागुन ४ गते यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो । सोही विधेयक परेको संशोधन उपर अर्थसमितिले छलफल गरेको हो ।
राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा रणेन्द्र बराइली, निशा डाँगी, दामोदर पौडेल बैरागी, माधव सापकोटा, सोबिता गौतम र प्रेम सुवाललगायत सांसदहरुले संशोधन प्रस्ताव हालेका थिए ।