काठमाडौँ । बुधबार नेप्से परिसूचक ३ दशमलव ८० अंकले बढेर २ हजार ७ सय ८६ दशमलव ४० अंकमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो ०.१३ प्रतिशतले बढी हो ।
अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेमा बुधबार सामान्य सुधार भएको हो । उक्त दिन कारोबारमा आएकामध्ये ९७ कम्पनीको सेयर मूल्य बढ्यो, १४३ वटाको घट्यो र बाँकी ४ वटाको स्थिर रहयो ।
उक्त दिन १ लाख ६८ हजार १ सय ७५ वटा कारोबारबाट ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, होटेल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, सामुहिक लगानी कोष र अन्यको परिसूचक बढे ।