Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युत प्राधिकरणले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने


विद्युत प्राधिकरणले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने

काठमाडौं, भदौ १ । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले यस्तो बताएका हुन् । प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा निर्देदशक घिसिङले यस्तो बताएका हुन् । उनले प्राधिकरणको तेस्रो आर्थिक पुनस्संरचना स्वीकृति प्राप्त हुने चरण रहेको बताए ।

उनले भने, इन्टर नेशनल क्रेडिट रेटिङ एसोसिएशनले प्राधिकरणको आर्थिक अवस्थाको मुल्याङ्कन गरी डबल ए प्लस रेटिङ्ग गरेको छ। प्राधिकरणको तेश्रो आर्थिक पुनस्संरचना स्वीकृति प्राप्त हुने चरणमा रहेको छ। सोको स्वीकृति पश्चात प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम मुल्यमा सेयर जारी गर्न सक्ने भएको छ।