Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक वर्षदेखि दर्ताबिनै मिठाई पसल सञ्चालन, कीर्तिपुर नगरपालिकाको अनुगमन टोलीको आँखा किन पर्दैन ?


एक वर्षदेखि दर्ताबिनै मिठाई पसल सञ्चालन, कीर्तिपुर नगरपालिकाको अनुगमन टोलीको आँखा किन पर्दैन ?

काठमाडौं । मूख्यगरि दशैँ तिहार तथा छट पर्व सुरुभएसँगै स्थानीय सरकारले बजार अनुगमन गर्दै आइरहेका छन् । यस वर्षका दशै नजिकिएसँगै संघीय सरकारका विभिन्न मातहत सँगै स्थानीय तहले बजार अनुगमनलाई तिव्र बनाइरहेको छ । यसैबीच, कीर्तिपुर नगरपालिकाले पनि केहिदिनबाट बजार अनुगमनलाई तिव्र बनाइरहेको छ । बर्षभरि कालोबजारीको मार खेपेका उपभोक्ताले ठुला चाडपर्वमा केहि राहत मात्रै पाउने भएपनि स्थानीय सरकारको बजार अनुगमन कर्मकाण्डी मात्रै भइरहेको गुनासो बढ्दो छ । यो विषय कुनै व्यक्ती वा संस्थाको लागि नभइ आम उपभोक्ताको लागि भएकाले सम्वेदनशिल हुन आवश्यक छ ।


बजार अनुगमनको प्रभावकारीतामाथि प्रश्न उठिरहेको समयमा कीर्तिपुर नगाउँ दोबाटोमा रहेको जय महावीर स्वीट्स एण्ड चाट हाउसले निधक्क दर्ताविनै उपभोग्य बस्तु विक्रिवितरण गर्दै आइरहेको छ । गत माघ १ गतेबाट सञ्चालनमा आएको स्वीट्स हाउसले निर्धक्क दर्ता नगरि, स्थानीय सरकारको नियम पालना नगरि मिठाइ, खाने कुराहरु विक्रि वितरण गरिरहेको पाइएको छ ।

दर्ताविनै किन यस्तो संवेदनशिल पसल चलाएको भन्ने हाम्रो प्रश्नमा सञ्चालक भन्छन्, ‘घरबेटी हुनुहुन्छ उहाँले मिलाउनु हुन्छ’यो उनले एक वर्षअघि बाटै भन्दै आएका हुन् । कीर्तिपुरबासी र यहाँ बसोबास गर्ने अघिकांस नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न छुट सायद कसैलाई छैन् होला । त्यस्तै अहिले कीर्तिपुरका केहि रेष्टुरेन्टहरुले महंगो शुल्क लिएको भन्दै विरोध भइरहेको छ । सामाजिक सञ्जालमा महंगो शुल्क उठाउने त्यस्ता व्यवसायीमाथि कारबाहीको माग बढिरहेको छ । यस विषयमा नगरपालिकाको अनुगमन समितिको ध्यानाजान आवश्यक छ । गत वर्ष पनि हामीले प्रत्यक्ष बजार अनुगमन गरि कयौं पसल दर्ताविनै सञ्चालन भएको भनि समाचार प्रकाशित गरेका थियौं । दर्ता गर्नलाई घर भेटीसँगको भाडाको सम्झौता आवश्यक पर्ने भएकाले कति पय पसलहरु घरभेटीकै मिलेमतोमा घरवाल कर छल्न दर्ता गरिएका हुदैनन् ।