Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चम्पादेवी केवलकार निर्माणको विषयमा स्थानीयको विरोध सुरु, केवलकार सञ्चालन अनुमितकालागि ८ लाख तोकियो

कीर्तिपुर वडा नं.४ को मनोमानि


चम्पादेवी केवलकार निर्माणको विषयमा स्थानीयको विरोध सुरु, केवलकार सञ्चालन अनुमितकालागि ८ लाख तोकियो

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं.४ मा चम्पादेवी केवलकार निर्माण अनुमतिका विषयमा विरोध सुरु भएको छ । स्थानियले कुनैपनि छलफल र आन्तरिक परामर्श नगरि निर्माणकोलागि स्विकृति दिएको भन्दै विरोध गरेका छन् । स्थानीयले आज कीर्तिपुर नगरपालिकाका प्रशासकीय प्रमुख लक्ष्मी प्रसाद बास्कोटालाई भेटि चम्पादेवीमा दक्षिणकाली तर्फबाट केबुलकार राख्न दिने निर्णय सच्याउन माग गरेका हुन ।

वडा नं.४ ले भदौं २४ गते एक सिफारिस पत्रमा रोपवे एण्ड केवलकार प्रालि ललितपुरलाई पत्र लेख्दै सम्भाव्यता अध्ययनको स्विकृती प्रदान गरेको थियो । पत्रमा भनिएको छ, प्रस्तुत विषयमा तहाँ कार्यालयको मिति २-०८०/८१ को पत्र प्राप्त भई ब्यहोरा अगवत भयो ।

त्यसमा कम्पनीले यस कीर्तिपुर नगरपालिका वडा नं.४ अन्र्तगत चम्पादेवी, भष्मासुरमा पर्यटन प्रवद्र्धनको उद्धेश्यले केवलकार र मोनो रेल सञ्चालनकोलागि सम्भाव्यता अध्ययनकोलागि माग भई आएकोमा सम्बन्धीत निकायबाट लिनुपर्ने अनुमति EIA -इआईए लगायको प्रकृया पुर्याइ संचालनको सम्भाव्यता अध्ययन गर्नकालागि सिफारिस गरिन्छ । कार्यबहाक अध्यक्ष दिनेश चन्द्र दाहालद्धारा हस्ताक्षर सिफारिस पत्रमा उल्लेख छ ।

यसको विरुद्धमा अहिले स्थानीयहरु विरोधमा उत्रिएका हुन । तर नगरपालिकाले कम्पनीलाई केवलकार सञ्चालन लगायतका विषयमा काम गर्न अनुमति दिइसकेको छ । केवलकार सञ्चालन अनुमतिकालागि ८ लाख रुपैयाँ तोकिएको छ । स्थानीयले आफुखुशी निर्णय गरेको भन्दै त्यसको विरोध गरेका हुन । कुनै पनि अध्ययन विना स्थानीयको भावना विपरित ठुलो रकमको चलखेलमा काम अघि बढेको हुन सक्ने एक स्थानीयले भने ।

हामीले अहिलेको अबस्थामा पर्या-पर्यटन आवश्यक होइन ? भन्ने प्रश्नमा उनले भनेः पर्यटन प्रवद्धनकालागि काम गर्न सकिन्छ भन्दैमा स्थानीयको भावना अनुसार र उनिहरुसँग छलफल गर्नु पर्दैन ? स्थानीयले यसका विरुद्धमा जनदवाव सुरु गर्ने बताएका छन् । नगरपालिकाले भने, यस विषयमा पहिलेनै निर्णय भएकाले अहिले सम्भाव्यता अध्ययनकालागि अनुमतिमात्रै दिएको बताएको छ ।