Thursday, November 14, 2024

२०८१ कार्तिक २९, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्वमन्त्री दीपक मनाङे पक्राउ


पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । मनाङेलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ प्रहरी स्रोतले बतायो । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री गुरुङलाई सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । उच्चको फैसलाविरुद्ध मनाङेले निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

मनाङ प्रदेश सभा—२ बाट २०७४ र २०७९ को चुनावमा स्वतन्त्रबाट निर्वाचित मनाङे प्रदेशसभामा भएको सत्ता फेरबदलको फाइदा उठाउँदै पटकपटक मन्त्री बनेका थिए । गठबन्धन बदल्दै मन्त्री बन्दै गरेका मनाङेले केही महिनाअघि मन्त्री बन्न अल्छी लागेको भन्दै राजनीतिक प्रणालीमाथि नै व्यंग गरेका थिए । हाल फैसला भएको मुद्दा २०६१ को घटनाको हो ।  


सर्वाधिक पढिएको