Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री


गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताए ।

आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले उनले योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । उनले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे ।

प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत—सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनको अहिले पशुपति आर्यघाटमा दाहसंस्कार गरिदैछ । भजन शिरोमणि उपाधि पाउनुभएका उहाँको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत—सङ्गीत क्षेत्रमै हुनुहुन्छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । नेपाली सुगम सङ्गीतमा उहाँको महत्वपूर्ण योगदान छ ।