काठमाडौं । नेरूडे र मिर्मिरे लघुवित्तलाई एकआपसमा मर्जरका लागि राष्ट्र बैंकले स्वीकृति दिएको छ । विराटनगर महानगरपालिका–३ मा केन्द्रीय कार्यालय रहेको नेरूडे र बनेपा नगरपालिका–८ मा केन्द्रीय कार्यालय रहेको मिर्मिरेबीच ११ पुस २०७९ मा एकआपसमा गाभ्नेरगाभिने सम्झौता भएको थियो । मर्जरका लागि दुवै कम्पनीको स्वाप रेसियो १ बराबर १ अनुपात कायम हुने छ । बजारमा दुवै कम्पनीको सेयर मूल्य पनि करिब उस्तै छ । कारोबार बन्द हुँदा मिर्मिरेको मूल्य प्रतिकित्ता ५८१ रुपैयाँ र नेरूडेको ५५९ रुपैयाँ छ ।
नेरूडे र मिर्मिरे लघुवित्त मर्जरका लागि राष्ट्र बैंकद्धारा स्वीकृति