Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

केन्द्रीय बैंकका अनुसार ६ खर्ब ३ अर्बको नोट चलनचल्तीमा


केन्द्रीय बैंकका अनुसार ६ खर्ब ३ अर्बको नोट चलनचल्तीमा

काठमाडौं, भदौसम्ममा बजारमा ६ खर्ब ३ अर्ब रुपैयाँको नोट चलन चल्तीमा रहेका छन्। अघिल्लो आर्थिक वर्षको भदौमा ५ खर्ब ९४ अर्ब रुपैयाँको नोट चलन चल्तीमा रहेको थियो। गत आर्थिक वर्षको तुलनामा यस्तो चलन चल्तीमा रहेको नोट बढेको छ।

गत असारको तुलनामा भने यस्तो रकम घटेको छ। गत असारसम्ममा कुल ६ खर्ब २५ अर्ब रुपैयाँको नोट चलनचल्तीमा रहेको भदौसम्म्मा चलन चल्तीमा रहेको नोट २२ अर्ब रुपैयाँले घटेको छ। केन्द्रीय बैंकका अनुसार अहिले बजारमा १, २, ५, १०, २०, २५, ५०, १००, ५००, १००० रूपैयाँ दरका नोट चलन चल्तीमा छ।