Tuesday, December 23, 2025

२०८२ पुष ८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फोक्सिङ्टार पुल सुनकोशीले बगायो


फोक्सिङ्टार पुल सुनकोशीले बगायो

खोटाङ । खोटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टार पुल सुनकोशी नदीले बगाएको छ। सुनकोशी नदीमा आएको बाढीले शनिबार अपरान्ह मोटरेबल पुल बगाएको हो । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको उक्त पुल ‘आर्क’ डिजाइनको रहेको थियो।

१२० मिटर लामो पुल भ्याटसहित २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको थियो। करिब ११ वर्षमा निर्माण भएको पुल सञ्चालनमा आएको २ वर्ष नपुग्दै सुनकोशीले शनिबार बगाएको हो।  फोक्सिङ्टारमा पुल बनेपछि पहाडी जिल्ला खोटाङ तराईसँग सिधा सडकमा जोडिएको थियो। दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा मोटरेबल पक्की पुल सुनकोशीले बगाएसँगै खोटाङको तराईसँग सिधा सडक सम्पर्क टुटेको छ। पुल बगेपछि जिल्लावासी निरास भएका छन्।