Saturday, June 14, 2025

२०८२ जेष्ठ ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

नाडाले राष्ट्र बैंकलाई भन्योः गाडी किन्दा ग्राहकले पाउने ऋण रकम बढाइदिनु


नाडाले राष्ट्र बैंकलाई भन्योः गाडी किन्दा ग्राहकले पाउने ऋण रकम बढाइदिनु

काठमाडौं, ७ असार । नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले गाडी किन्दा ग्राहकले पाउने ऋण रकम बढाइदिन राष्ट्र बैंकलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नाडाका प्रतिनिधिले गभर्नर महाप्रसाद अधिकारीई भेटेर यस्तो सुझाव दिएको हो । हाल निजी गाडी किन्दा मूल्यमा ५० प्रतिशत मात्रै ऋण पाइने व्यवस्था रहेकोमा यसलाई बढाएर ८० प्रतिशत पुर्‍याइदिन नाडाले सुझाव दिएको हो ।

विद्युतीय सवारीसाधन खरिदमा भने ८० प्रतिशतसम्म ऋण पाइने व्यवस्था छ। त्यस्तै नाडाले गाडी कर्जाको जोखिम भार व्यवस्थालाई ७५ प्रतिशत कायम गर्नका लागि सुझाव दिएको छ। अटोमोबाइल क्षेत्रमा ऋण प्रवााह नहुँदा सवारी साधनहरुको आयातमा समेत कमी आई सरकारको राजस्वमा नकारात्मक प्रभाव पर्न गएको नाडाले बताएको छ। दुई करोड भन्दा माथिको व्यवसायमा कुल कारोबारको २५ प्रतिशत मात्रै बैंकबाट लगानी गर्ने । व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पुनरावलोकनका लागि समेत राष्ट्र बैंकलाई नाडाले आग्रह गरेको छ।

व्यवसायीले डीओ पाएर नामसारी र सवारी साधनहरुको डेलिभरी गरेपछि बैंकहरुले साता दिनभित्र भुक्तानी गर्ने व्यवस्था मिलाउन समेत नाडाको माग छ। चालू पुँजी कर्जा निर्देशिकामा रहेको व्यवस्था अनुसार चैत मसान्तसम्म साँवा र ब्याज बुझाएका व्यवसायीलाई ब्याज र किस्ता बुझाउने समय थपका लागि नीतिमा आइसकेको छ । तर चैतभन्दा अगाडि नै सो साँवा र ब्याज तिर्न नसकेका व्यवसायीहरुलाई समेत सो समय थप गरी दिनु पर्ने नाडाको सुझाव छ ।