काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री पुष्पकमल दाहालको निकट भविष्यमा हुने चीन भ्रमणको विषयमा छलफल गर्दैछन् । यसका लागि समितिले प्रधानमन्त्रीलाई नै समितिमा बोलाएको छ । समितिको बैठक बिहान साढे १० बजे बोलाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आगामी असोज दोस्रो साता न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने तयारीमा छन् । उनको न्यूयोर्क भ्रमण यही भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।