Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बिपी राजमार्ग क्षतविक्षत


बिपी राजमार्ग क्षतविक्षत

काठमाडौं । तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने जापान सरकारको सहयोगमा निर्माण भएको बिपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत गरी भत्किएको छ ।

उक्त राजमार्गको खुर्कोट–नेपालथोक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ स्थित कानढुङ्ग्री नजिकै करिब ३० मिटरभन्दा बढी सडक शनिबार राती भासिएर आवागमन नै नहुने अवस्थामा पुगेको छ । सुनकोशी नदीमा आएको बाढीले उक्त सडकको फाउण्डेसन (जग) भत्काएपछि सडक भत्किएको उक्त वडाका अध्यक्ष रेगनराज थापाले जानकारी दिए ।

बिपी राजमार्गकै खुर्कोट बजार नजिकै करिब १५ मिटर सडक चर्किएको र त्यहाँ वैकल्पिक बाटो बनाउने ठाउँ पनि नभएको उनले बताए । यता जिल्ला प्रशासन कार्यालयले भने सिन्धुली जिल्लामा बिपी राजमार्गको तेस्रो खण्ड खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सबैभन्दा बढी मुलकोटदेखि नेपालथोकसम्म सात ठाउँमा सडक भत्किएर क्षति भएको जनाएको छ ।