Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’


‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’

गण्डकी । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले शनिबार अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुगमन गरेको छ ।

‘सुरक्षित र मर्यादित पदयात्राका लागि सचेतना तथा अनुुगमन’ कार्यक्रमका साथ टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी नेतृत्वमा पर्यटन व्यवसायी, पर्यटन प्रहरी, अन्नपूर्ण संरक्ष्ण क्षेत्र आयोजना (एक्याप) पोखराका प्रतिनिधि, पर्यटनसम्बद्ध मजदुर सङ्गठनका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको टोलीले वीरेठाँटीमा स्थलगत अनुगमनसँगै पदयात्रा क्षेत्रका समस्या, टिम्स कार्ड चेकपोष्ट नहुँदा पर्ने कठिनाइ, सुरक्षित पदयात्रालगायत विषयमा जानकारी लिएको हो ।

कोरोनामहामारीपछि टिम्स कार्ड चेकपोष्ट बन्द भएकामा त्यसयता हालसम्म खुल्न नसक्दा त्यसले टिम्स कार्ड नलिइकन यात्रा गर्ने क्रम बढेका कारण राजस्व सङ्कलनमा कमी आउनुुका साथै पदयात्रीमा असुरक्षासमेत बढेको अध्यक्ष पन्थीले बताए । अनुगमनका क्रममा संरक्षण क्षेत्रबाट प्रवेशको अनुमति मात्र लिएर पदयात्रीले पदयात्रा गरिरहेको पाइएको बताउँदै उनले वीरेठाँटीबाट प्रवेशको अनुमतिबाहेक सरकारले जारी गरेको ‘टिम्स’ कार्ड नलिइ जाने विदेशी पदयात्री बढेको पाइएको बताए ।

पदयात्रीको सुरक्षालाई दृष्टिगत गरी सरकारले ‘टिम्स कार्ड’सँगै पदयात्रामा एक्लै जान नपाउने निर्णय अघिल्लो वर्ष नै गरेको उल्लेख गर्दै उनले उक्त नियमको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउए । पदयात्रामा एक्लै जाने क्रम बढ्दा पर्यटक बेपत्ता हुने र दुर्घटना हुँदा खोजी र उद्धारमा कठिनाइ भएपछि संरक्षित क्षेत्रमा पदयात्रामा जाने प्रत्येक विदेशीले पथप्रदर्शक अथवा सहयोगी लैजानुपर्ने नियम बनाइएको हो । सरकारले निर्णय गरेको एक वर्ष बित्दा पनि चेकपोष्ट स्थापना नहुँदा पदयात्रा क्षेत्रमा असुरक्षा बढेको उनको भनाई छ ।