Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

छापावाल सुन तोलामा २६ सयले घट्यो, मंगलबार तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम


छापावाल सुन तोलामा २६ सयले घट्यो, मंगलबार तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम

काठमाडौँ । सोमबार एकैपटक करिब १६ हजारले घटेको सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो । यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । 

यसअघि भन्सार दर घटाइएसँगै सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो । जुन दिन सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।  आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो । सो दर सोमबारदेखि कार्यान्वयनमा आएको थियो ।