Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महंगो भयो बजाज मोटरसाइकल, नयाँ मूल्य सूचीसहित


महंगो भयो बजाज मोटरसाइकल, नयाँ मूल्य सूचीसहित

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले १० वटा मोटरसाइकलमा मूल्य बृद्धि गरेको छ । यी मोटरसाइकलमा २ देखी ५ हजार रुपैयाँसम्म बढाएर कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

कम्पनीले एभेन्जर १६० स्ट्रिट, पल्सर २०० एनएस एविएस, पल्सर १६० एन डुअल एविएस विएस६ र डिस्कोभर १२५ मा ५ हजारका दरले मूल्य बढाएको छ भने पल्सर १५० र पल्सर १२५ मा ३ हजारका दरले बृद्धि गरेको छ । यसैगरी प्लाटिनमा २ हजार रुपैयाँ बढाएको छ ।

यसअघि ३ लाख ५६ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको एभेन्जर १६० को नयाँ मूल्य ३ लाख ६१ हजार ९०० पुर्याइएको छ भने ३ लाख ७९ हजार ९०० मा बिक्री हुँदै आएको पल्सर एनएस २०० एविएसको ३ लाख ८४ हजार ९०० पुगेको छ ।

त्यस्तै, ३ लाख ८६ हजार ९०० मा बिक्री हुँदै आएको पल्सर १६० एन डुअल एविएसको नयाँ मूल्य ३ लाख ९१ हजार पुगेको छ भने २ लाख ३१ हजार ९०० पर्ने डिस्कोभर १२५ डीको नयाँ मूल्य २ लाख ३६ हजार ९०० र २ लाख ३८ हजार ९०० मा बिक्री हुँदै आएको डिस्कोभर १२५ एसटीको २ लाख ४३ हजार ९०० सम्म पुगेको छ ।

पल्सर १५० एसडीमा र टीडीमा ३ हजार रुपैयाँ वढाएर क्रमशः २ लाख ९३ हजार ९०० र ३ लाख ११ हजार ९०० पु¥याइएको छ भने प्लाटिनामा २ हजार बृद्धि भई १ लाख ९९ हजार ९०० पुगेको छ । यी मोटरसाइकलको मूल्य यसअघि क्रमशः २ लाख ९० हजार ९००, ३ लाख ८ हजार ९०० र १ लाख ९७ हजार ९०० सम्ममा बिक्री भईरहेको थियो ।