Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता


बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता

काठमाडौं । बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । १९ जना अझै बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ, भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् । बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छभने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान उपलब्ध गराएको छ ।