Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पाथीभरा मुक्कुमलुङ दर्शन केबलकार तेह्र महिनाभित्र सम्पन्न हुन्छः अध्यक्ष चन्द्र ढकाल


पाथीभरा मुक्कुमलुङ दर्शन केबलकार तेह्र महिनाभित्र सम्पन्न हुन्छः अध्यक्ष चन्द्र ढकाल

काठमाडौं । पाथीभरा मुक्कुमलुङ दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम सुरु गरेको तेह्र महिनाभित्र सम्पन्न गरिने बताएका छन् । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालले बताए ।

सदरमुकाम फुङ्लिङमा सरोकारवालाको सहभागितामा शुक्रबार आयोजित अन्तरक्रियामा तत्काल निर्माणको काम सुरु गर्ने वातावरण बनाउनका लागि उनले सबै पक्षलाई आग्रह पनि गरे । पाथीभरा दर्शन केबलकार परियोजनाको काम सुरु गर्ने वातावरण बनेमा तत्काल काम थाल्ने र यसका लागि स्थानीय सरोकारवालाले साथ दिनुपर्ने उनले बताए ।

नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका ढकालले केबलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणसहित सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताउनुहुँदै अब काम सुरु गर्न मात्र बाँकी रहेको जानकारी दिए । उनले निर्माणको काम थाल्ने वातावरण बनेको अवस्थामा आउँदो फागुनको तेस्रो साता अघि नै परियोजनाको सिलान्यास गरी काम थाल्ने पनि बताए ।