Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जापानमा ७.६ म्याग्निच्युडको भूकम्पले सुनामी ल्याउन सक्ने ?


जापानमा ७.६ म्याग्निच्युडको भूकम्पले सुनामी ल्याउन सक्ने ?

एजेन्सी । जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको तटीय क्षेत्र नोटोमा ७.६ म्याग्निच्युडको भूकम्प गएको जापानी समाचार संस्था क्योदोले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यिसिकावा क्षेत्रमा भूकम्पका कारण केही घरसमेत भत्किएका छन् ।

भूकम्पबाट मानवीय क्षतिको भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । क्योदोका अनुसार मध्य टोकियोमा समेत घरहरू हल्लिएका थिए । जापानको मौसम विभागका अनुसार वाजिमा बन्दरगाहमा १.२ मिटरसम्म सुनामी आएको    छ । बीबीसीका अनुसार नोटोमा ७.६ म्याग्निच्युडको भूकम्प आएको पहिलो पटक हो ।

अधिकारीहरूले यामागाता, निगाता, तोयोमा, फुकुई, ह्योगो प्रिकेक्चरका तटीय क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएका छन् ।

त्यस्तै भूकम्पका कारण केही ठाउँमा आगलागीसमेत भएको छ भने केही क्षेत्रमा बिजुलीको लाइनसमेत अवरुद्ध भएको छ । इसिकावा प्रिफेक्चरमा ३२ हजार भन्दा बढी घरमा यतिबेला बिजुली छैन ।

प्रधानमन्त्री फुमियो किसिदाले सुनामी आउन सक्ने सम्भावित क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन् । जापानमा सिन्दो-७ को भूकम्प पछिल्लो पटक सन् २०१८ मा होक्काइदोमा गएको थियो ।