Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भिजेको खाद्यन्न तथा मसला सुकाई पुनः बजारमा पठाउने तयारी गर्दै गर्दा कीर्तिपुर नगरपालिकाद्धारा नियन्त्रणमा


भिजेको खाद्यन्न तथा मसला सुकाई पुनः बजारमा पठाउने तयारी गर्दै गर्दा कीर्तिपुर नगरपालिकाद्धारा नियन्त्रणमा

काठमाडौं । कीर्तिपुर नगरपालिकाले बाढीले क्षति पुर्याएको खाद्यन्नलाई सुकाई प्याकिङगरि पुनः बजारमा विक्रिकालागि पठाउन तयार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । कीर्तिपुर नगरपालिका–६ फलफूल तथा तरकारी बजारकालागि सरकारले निर्माण गरेको भवनमा भिजेको चामल, चिउरा, मसला जस्ता खाद्यान्न सुकाई प्याकिङ्ग गर्ने क्रममा स्थानीय बासिन्दाको सहयोगमा नगरपालिकाको अनुगमन टोली, नगर प्रहरी, जनप्रतिनिधिहरुको टोलीले जफत गरेको हो ।

गत शनिवार आएको बाढिका कारण काठमाडौंका विभिन्न स्थानमा रहेका खाद्यन्नका गोदाम तथा पसलहरुमा बाढी पसेको थियो । त्यहि खाद्यन्न तथा अन्य बस्तुलाई पुनः प्रयोगमा ल्याउन सो स्थानमा विनाअनुमति सुकाई प्याकिङ गरिरहेको अबस्थामा बरामत भएको नगरपालिका प्रवक्ता दिवाकर अधिकारीले   बताए । नगरपालिकाले नियमन्त्रमा लिएको सम्पुर्ण खाद्यन्न तथा मसलाजन्य बस्तु विर्सजन गरेको प्रवक्ता अधिकारीले बताए । केहि कालिमाटिका व्यापारिहरुले दोस्रो व्यक्तीको प्रयोगगरि सो स्थानमा खाद्यन्न ल्याई सुकाएको हुन सक्ने स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।