Tuesday, December 23, 2025

२०८२ पुष ८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एभरेष्ट सहकारीका उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित पाँच जना पक्राउ


एभरेष्ट सहकारीका उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौंको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उक्त सहकारीका उपाध्यक्ष बालुवाटारकी ३९ वर्षीया बविता डंगोल, सचिव हाँडीगाउँका ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ओखलढुंगाका ३७ वर्षीय विष्णु प्रसाद फुयाँल, ललितपुर महानगरपालिका—८ सुवहालका ४८ वर्षीय रामलाल महर्जन र टोखाका ४६ वर्षीय अमरभाई बज्राचार्यलाई पक्राउ गरेको हो । उनीहरूलाई सो सहकारीको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप छ ।