काठमाडौँ । अनुसन्धान विभागले राजस्व छलीको आशंकामा नियन्त्रणमा लिएका कन्टेनर सञ्चालक पक्राउ परेका छन् । रसुवा भन्सारबाट छुटेको मालवाहक कन्टेनर लिएपछि सम्पर्कविहीन आयातकर्ता मंगलबार पक्राउ परेका हुन।
राजस्व अनुन्धान विभागले नियमित अनुगमनका क्रममा साताअघि नुवाकोटबाट नियन्त्रणमा लिएको कन्टेनरसहितको सामान छाडेर उनी फरार भएका थिए । अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेका अनुसार पटक–पटक सम्पर्क गर्दा पनि विभिन्न बहानामा आयातकर्ता उपस्थित नभएपछि प्रहरी लगाएर काठमाडौंबाटै पक्राउ गरिएको हो ।