Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भदौभित्र आफ्ना माग पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने डा.भट्टराईको चेतावनी


भदौभित्र आफ्ना माग पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने डा.भट्टराईको चेतावनी

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरूको माग भदौभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटि बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न माग गरे ।

ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ। अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्व प्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए । त्यस्तै प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका काम तीव्रताका साथ अगाडि बढाउन माग गरिएको छ। आयोजना प्रभावित नागरिकका जायज मागलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै डा.भट्टराईले भने,अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन। त्यो भनेको नबनाउने कुरा हो।आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशङ्का हिजोदेखि भएका थिए, त्यसलाई बल पुर्‍याउने गरी यसलाई तुहाउने अथवा बनाइहालियो भने पनि सानो जलविद्युत् आयोजनाको रुपमा बनाउने। त्यतातिर जाँदैछ भन्ने हामीलाई लाग्छ, त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ।

उहाँले चाहेमा संसदमार्फत बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडि बढाउन सक्नुहुन्छ। हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ। पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरूको माग भदौभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।