Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भूकम्पपीडितलाई ५० हजार राहात दिने सरकार घोषणा


भूकम्पपीडितलाई ५० हजार राहात दिने सरकार घोषणा


काठमाडौं,सरकारले बझाङका भूकम्पपीडितलाई ५० हजार रुपैयाँ दिने भएको छ। प्रधानमन्त्री दाहाल अस्थायी आवास अर्थात घर बनाउन प्रति घरपरिवारलाई ५० हजार रुपैयाँ राहात स्वरुप दिने घोषणा गरेका हुन्।शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पले क्षति पुर्याएका घरहरूको अवलोकन गर्दै सो घोषणा गरेका हुन्।

प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायत बझाङ गएका थिए । प्रधानमन्त्री दाहालले भूकम्पबाट के,कति क्षति पुगेको छ त्यसबारेमा छिट्टै यकिन गरी पूर्ण क्षति भएका घरपरिवारलाई तत्काल अस्थायी आवास बनाउन ५० हजार रूपैयाँका दरले सहयोग गर्ने बताए।

त्यस्तै, प्रभावित अन्य परिवारलाई भने १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म सहित तत्काल त्रिपाल, खाद्यान्न, औषधिलगायत राहत व्यवस्थापन गरिने उनले बताए। साथै, प्रधानमन्त्री दाहालले भूकम्पमा परि मृत्यु भएका परिवारलाई प्रतिपरिवार तत्काल दुई लाख रुपैयाँ उपलब्ध गराइने घोषणा गरेका छन् भने भूकम्पमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाइने बताए।

भूकम्पबाट क्षति पुगेको सरकारी कार्यालयजस्ता भवन तत्काल पुनर्निर्माण गरिने पनि उनले बताए । बझाङमा गत असोज १६ गते दिउँसो पटक पटक भूकम्प गएको थियो। जसले गर्दा उक्त जिल्लाका विभिन्न घर तथा भवनमा क्षति पुगेको थियो भने एक जनाको मृत्यु भएको छ।